काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
काठमाडौंको चन्द्रागिरी नगरपालिका १ सिर्जनाचोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बा २३ प २५२५ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे अनियन्त्रित भई नालीमा खस्दा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक सिर्जनाचोक बस्ने धादिङ धार्केका २६ वर्षीय राजकुमार परियार र पछाडि सवार चन्द्रागिरि नगरपालिका १ बस्ने रोल्पाका २४ वर्षीय विशाल मगर छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । दुवैको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
१४ पुस २०७९, बिहीवार १२:०७ बजे प्रकाशित































