अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले आगो ताप्न काठ वितरण अभियान ग¥यो
बिहानीपख अत्यधिक चिसो बढेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बजार तथा गाउँमा आगो ताप्नको लागि काठको मुढा वितरण गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उपलब्ध गराइएको काठको मुढा बजारका विभिन्न चौराहा तथा गाउँका चौराहा वितरण गरिएको नगर प्रमुख रणबहादुर महराले जानकारी दिए ।

पछिल्लो केही दिन देखि बढेको अत्यधिक चिसोले यहाँको जनजीवन प्रभावित भएको छ ।

१४ पुस २०७९, बिहीवार १०:१२ बजे प्रकाशित































