punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकार बनाउन माओवादी प्रदेश इन्चार्जले एमाले प्रदेश इन्चार्जसँग मागे सहयोग

Chaupati
safha napa

सुदूरपश्चिमको मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका प्रदेश इन्चार्जले एमालेसँग सहयोग मागेका छन्।

माओवादीका प्रदेश इन्चार्ज तथा प्रदेश सभाका सदस्य खगराज भट्टले आफूलाई मुख्यमन्त्री बन्ने वातावरण बनाउन सहयोग मागेका हुन्।

उनले बुधबार एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको निवासमै पुगेर आफूलाई मुख्मन्त्रीमा एमालेले सहयोग गर्न आग्रह गरे।

काठमाडौंस्थित लेखराज भट्टको निवासमा भएको भेटवार्ता माओवादीका तर्फबाट यस्तो आग्रह गरिएको उनको सचिवालयले जनाएको छ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, राप्रपा लगायतको नयाँ गठबन्धन केन्द्रमा बनेपछि सुदूरपश्चिममा सरकारको नेतृत्व माओवादीले पाउने बलियो सम्भावना देखिएको छ।

सुदूरपश्चिममा माओवादीले मुख्यमन्त्री र दुई मन्त्रालय, एमालेले चार मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय पाउने गरी कुरा भइरहेको छ।

सुदूरपश्चिम प्रदेश सभामा दोस्रो दल बनेको नेकपा माओवादी केन्द्र र तेस्रो दल बनेको नेकपा एमालेका नेताहरूले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

केन्द्रको समीकरणको आधारमा प्रदेशमा नेकपा माओवादी केन्द्र दोस्रो ठूलो दल भएकाले आफ्नो दलले मुख्यमन्त्री पाउनुपर्ने माओवादीको दाबी छ।

धेरै जना मुख्यमन्त्रीका लागि आंकाक्षी देखिए पनि पार्टीले खगराज भट्टलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउने कुरा भइरहेको नेकपा माओवादी केन्द्रको भनाइ छ।

नयाँ गठबन्धनमा यस प्रदेशमा नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरी २९ प्रदेश सभा सदस्य छन्।

प्रदेशमा सबभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९, एकीकृत समाजवादी पार्टीका चार र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

सुदूरपश्चिममा नवनिर्वाचित सांसदका लागि यही १५ पुसमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

शपथ ग्रहणसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने प्रदेश प्रमुखको कार्यालयको तयारी छ।

नागरिक उन्मुक्ति पार्टी यो प्रदेशमा सरकार बनाउन निर्णायक रूपमा देखिएको छ।


१४ पुस २०७९, बिहीवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु