punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अनेरास्ववियु बाजुराले स्व. चेतन अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने

Chaupati
safha napa

अनेरास्ववियु बाजुराले स्व. चेतन अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने निर्णय गरेको छ।

बुधबार  नेकपा एमाले जिल्ला कमिटी पार्टी कार्यालय मार्तडीमा बसेको बैठकले उक्त निर्णय गरेको अनेरास्ववियु बाजुराका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए।

संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी त्रिवेणी नगरपालिकाको–७ मा पार्क बनाउने निर्णय भएको हो।

गत मंसिर ४ गते त्रिवेणी नगरपालिकाको ७ को मतदान केन्द्रमा भएको चुनावको विषयलाई लिएर भएको विवादका क्रममा अनेरास्ववियुका नेता अयडीको कुटपिटबाट हत्या भएको थियो।

हत्यामा संलग्न रहेको आरोपमा १० जनालाई प्रहरी पक्राउ गरेको छ।

अयडी हत्यामा किटानी जाहेरी परेका अझै १४ जना पक्राउ पर्न बाँकी छन्।


१३ पुस २०७९, बुधवार १९:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु