punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

Chaupati
safha napa

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता डीआइजी टेकबहादुर राईले  जानकारी दिए।

उनले भने ; निलम्बनका लागि गृहमन्त्रालयसमक्ष सिफारिस पठाएका छौं। त्‍यसका लागि थप अनुसन्धान अघि बढ्छ। बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेपछि डीएसपी ठगबहादुर केसी पक्राउ परेका हुन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। उनको साथबाट २५ लाख नगद र ३५ तोला सुन बरामद भएको प्रहरीले जनाएको छ ।

 


१२ पुस २०७९, मंगलवार १३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु