punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित ५ जना पक्राउ

Chaupati
safha napa

कैलाली । धनगढीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित ५ जना पक्राउ परेका छन् ।

धनगढीका बिभिन्न स्थानबाट एक लाख बयालिस हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चुरे गाउँपालिका ६ का लाल बहादुर साउँदलाई सबै भन्दा पहिले पक्राउ गरेको हो ।

उनको साथबाट नक्कली नोट फेला परेको थियो । यस बिषयमा थप अनुसन्धान गर्दा धनगढी उप–महानगरपालिका वडा नम्बर १३ राजपुर स्थित एस एस होटेलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका ६ का का लिलाधार मिश्र, डोटी शिखर नगरपालिका १० का करण सिंह धामी र डोटी कै बडिकेदार गाउँपालिका १ का मोहन सिंह बोहरालाई समेत प्रहरीले पक्राउ ग¥यो।

No description available.

उनीहरुको बयानको आधारमा डोटी शिखर नगरपालिका १० का टेकेन्द्र धामीलाई समेत फेलापारि पक्राउ गरेको थियो । धामी बस्ने कोठामा प्रहरीले एक लाख अठतिस हजार नक्कली रुपैयाँ फेला परेको थियो । त्यस्तै बाघको हड्डी ५ किलो ५३० ग्राम,जडिबुडी , बैङ्क तथा आई एम ई भौचर तथा चेकहरू बरामद गरेको हो ।

No description available.

प्रहरीले नक्कली नोट र बाघको हड्डी तथा जडीबुटी तस्करीमा संलग्न सबै माथि अनुसन्धान गरिरहेको जनाएको छ ।

 


११ पुस २०७९, सोमवार २१:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु