punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपा अध्यक्ष लिङ्देन पनि बालकोटमा

Chaupati
safha napa

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन्।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक छलफलका लागि पुगेका हुन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन बालकोट गएको सेतोपाटीलाई बताए।

लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन्। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।

माओवादी महासचिव देव गुरूङ पनि बालकोटमा छन्।

बालुवाटारमा आज भएको सत्ता गठबन्धनको बैठक बिनानिश्कर्ष सकिएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्केका थिए।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ। त्यसअघि नै छलफल गरी नयाँ सरकार गठन गर्ने विषयमा दलहरूले छलफल गरिरहेका छन्।


१० पुस २०७९, आइतवार १३:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु