रामचन्द्र भन्छन्– कांग्रेसको हातमा अब केही रहेन, प्रचण्डले गठबन्धन तोड्नुभयो
lj/f]w;efdf jl/i7 g]tf kf}8]n
bdf}nL, !( df3 M g]kfnL sfªu|]; -g]sf_ sf ljleGg e|ft[ ;+:yfn] ;f]daf/ bdf}nLdf cfof]hgf u/]sf] lj/f]w;efdf g]sfsf jl/i7 g]tf /fdrGb| kf}8]n . t:jL/ M s[i0f Gof}kfg], /f;;
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन् । आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकपश्चात् उनले गठबन्धन अब कांग्रेसको हातमा नरहेको बताए ।
नेता पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको उल्लेख गरे ।
“प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो,” उनले भने, “अब हाम्रो हातमा केही बाँकी रहेन । अब गठबन्धन टुट्यो, हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो ।”
कांग्रेसको हातबाट सरकार बाहिर गएको उनको भनाइ छ ।
१० पुस २०७९, आइतवार १४:०१ बजे प्रकाशित































