punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चीनमा कोरोना संक्रमण बढ्दै, विश्व स्वास्थ्य संगठनले माग्यो आधिकारिक तथ्यांक

Chaupati
safha napa

विश्व स्वास्थ्य संगठनले चीनमा फेरि कोरोना भाइरस संक्रमण बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेको छ। संगठनका स्वास्थ्य अधिकारीहरुका अनुसार चीनमा संक्रमणका कारण अस्पतालहरु संक्रमितहरुले भरिँदै गएका छन्। यद्यपि, चिनियाँ अधिकारीहरुले भने संक्रमण दर धेरै भएको बताउँदै आएका छन्।

बेइजिङमा अस्पतालहरु संक्रमितले भरिएको बीबीसीले उल्लेख गरेको छ। संगठनका एमर्जेन्सी प्रमुख डा माइकल रायनले संक्रमण दर घटेको भनिए पनि आइसीयुहरुमा संक्रमितको संख्या धेरै भएको बताएका हुन्। उनले कोभिड १९ छिट्टै नियन्त्रणमा नआउने भन्दै स्वास्थ्य र सामाजिक ‘प्रोटोकल’हरु पालना गर्न जोड दिएका छन्।

संगठनका प्रमुख टेड्रोस ग्रेब्रेयेससले पनि चीनमा बढ्दो संक्रमण दरप्रति चिन्ता व्यक्त गरेका छन्। उनले चीनसँग संक्रमितको संख्या, अस्पतालको अवस्था र आइसीयुबारे आधिकारिक र सत्य तथ्याङ्क चीन सरकारसँग माग गरेका छन्।

संक्रमण बढेपछि चीनको ठूलो शहर सांघाईमा रहेका विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन दिइएको छ। केहीदिन अघि कोरोना भाइरस संक्रमण दर बढेसँगै बालबालिका हेरचाह केन्द्रहरुसमेत बन्द गर्न भनिएको थियो।


७ पुस २०७९, बिहीवार ०८:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु