punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय नागरिकको कुटपिटबाट कैलालीमा एक जनाको मृत्यु

Chaupati
safha napa

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा आएका भारतीयको कुटपिटबाट एक जनाको ज्यान गएको छ। आइतबार राति बादी बस्तीमा आएका भारतीय नागरिकले स्थानीय लालबहादुर बोहराको घर अगाडि गाडि रोक्न खोजेका थिए।

घरअघि उनले गाडी रोक्न नदिएपछि आइतबार राति भारतीय नागरिकबाट उनी कुटिएका थिए। उनलाई दुई जना भारतीयले निर्घात कुटपिट गरी फरार छन्। कुटाइबाट गम्भीर घाइते भएका बोहराको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो।

कुटपिटमा संलग्न भएको आरोपमा दुई जना नेपाली भने पक्राउ परेका छन्। पीडितको उजुरीको आधारमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २९ का सुरेन्द्र डगौरा थारु र सोही ठाउँ बस्ने वर्ष ३२ का श्रवण चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उक्त क्षेत्रमा अझैँ पनि लुकिछिपि देहव्यापार हुनेगरेको स्थानीयले बताएका छन्।


२८ मंसिर २०७९, बुधवार १४:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु