punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इरानमा फुटबल खेलाडीलाई मृत्युदण्डको घोषणा

Chaupati
safha napa

महिला अधिकारको पक्षमा उभिएको भन्दै इरानले आफ्नो देशको व्यवसायिक खेलाडी अमिर नसर–अजादानीलाई फाँसीको सजाय सुनाएको छ।

२६ वर्षीय डिफेन्डरले इस्लामिक पहिरनको अवज्ञा गरेको आरोपमा पक्राउ गरी जेल हालिएकी माहसा अमिनीको हत्याको विरोधमा ऐक्यबद्धता जनाएका थिए। २२ वर्षीय अमिनीको हिरासतमै निधन भएको थियो।

खेलाडीलाई मृत्युको दण्ड सजाय दिने सरकारी निर्णयप्रति इरानको व्यवसायिक फुटबल खेलाडीहरूको संघ (फिफप्रो) ले आपत्ति जनाएको छ र यो निर्णयले आफूहरू स्तब्ध भएको बताएको छ।

फिफप्रोको आधिकारीक ट्वीटरमा भनिएको छ, ‘व्यवसायिक फुटबल खेलाडी अमिर नसर–अजादानीले आफ्नो देशमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको लागि अभियान गरेपछि इरानमा मृत्युदण्डको सामना गर्नुपरेको समाचारले फिफप्रो स्तब्ध भएको छ।’


२७ मंसिर २०७९, मंगलवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु