punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वाणिज्य बैंकहरुको ब्याजदर पुसमा पनि नघट्ने

Chaupati
safha napa

काठमाडौँ । वाणिज्य बैंकहरुले पुस महिनाको लागि ब्याजदर नघटाउने भएका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुसमा ब्याजदर नबढाउने र पहिलाकै दरलाई यथावत राख्ने निर्णय गरेको हो ।

वाणिज्य बैंकहरुले कात्तिककै व्याजदरलाई मंसिरमा पनि यथावत राखेका थिए । तर, विकास बैंक तथा फाइनान्सहरुले भने मंसिरमा ब्याजदर घटाएका थिए । त्यसपछि ब्याजदर घटाएउन वाणिज्य बैंकहरुलाई समेत दबाब परेको थियो । तर, वाणिज्य बैंकहरुले पुसमा पनि ब्याजदर नघटाउने भएका हुन् ।

मंसिर महिनामा अधिकांश बैंकहरुले मुद्दती निक्षेप (व्यक्तिगत) मा अधिकतम १२.१३ प्रतिशत ब्याजदर दिँदै आएका थिए । पुसमा पनि सोही दरलाई निरन्तरता दिने भएका छन्।


२७ मंसिर २०७९, मंगलवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु