निजी सम्पत्तिमा डोजर लगाएको भन्दै टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए। 
टिकापुर नगरपालिकाले १९ गते वडा नम्बर ४ मोरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो । त्यो बेला नरेन्द्र बोहरा र पदम कठायतको संरचना हटाइएको थियो । उनीहरूले निजी जग्गामा नगरपालिकाले डोजर लगाएको भन्दै तालाबन्दी गरेको जनाएका छन्।
‘मेरो नाममा रहेको जग्गामा नगरपालिकाले डोजर लगाएको हो । लालपुर्जा भएको संरचनामा पनि नगरपालिकाले डोजर लगाए पछि तालाबन्दी गरेको हो’ नरेन्द्र बोहराले बताए ।

२३ मंसिर २०७९, शुक्रवार १३:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु