सुनको मूल्य ह्वात्तै बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य ह्वात्तै बढेको जानकारी दिएको छ ।
महासंघको अनुसार आजको कारोबार भाउ तोक्दै ६०० रुपैयाँले बढेर प्रतितोला १ लाखभन्दा माथि पुगेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर१३ सय ९० रूपैयाँ कायम भएको छ । हिजो बिहीबार तोलामा १३ सय ६० रुपैयाँ रहेको थियो ।
२३ मंसिर २०७९, शुक्रवार १२:१५ बजे प्रकाशित













