punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सवारी दुर्घटना हुँदा जर्मन नागरिकको मृत्यु

Chaupati
safha napa

इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा पिकअप गाडी र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन्। आज बिहान १०ः१५बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा जर्मन नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

नारायणगढबाट काठमाडौं जाँदै गरेको ना.४१प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नम्बरको पिकअप गाडी ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एकजना घाइते भएका छन् । मोटरसाइकलचालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम रहेको छ ।

पिकअप गाडीमा सवार तीनजनामध्ये धादिङको गल्छी गाउँपालिका– ५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअपका चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।


२२ मंसिर २०७९, बिहीवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु