सुनको भाउ घट्यो

अघिल्लो दिनको तुलनामा आज  सुनको भाउ तोलामा 6 सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला 6 सय रूपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सय रूपैयाँलेनै घट्दै ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३५ रूपैयाँले घट्दै प्रतितोला १ हजार ३५० रूपैयाँमा झरेका महासंघले जनाएको छ ।


२० मंसिर २०७९, मंगलवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु