ताप्लेजुङमा योगेश भट्टराई विजयी
ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्।
भट्टराई २०८ मतको अन्तरले विजयी भएका हुन्। ताप्लेजुङबाट उनी दोस्रोपटक निर्वाचित भएका भट्टराई ले २१ हजार ९४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन्।.
७ मंसिर २०७९, बुधवार १५:४६ बजे प्रकाशित































