punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीको प्रदेशसभा २ मा माओवादी केन्द्रका ओली विजयी

Chaupati
safha napa

डोटीको प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका शिव सिं ओली विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार टेक सिं बमलाई ९ सय १९ मतान्तरले पराजित गरेका हुन् । यसबारे आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

ओलीले १४ हजार ४७ मत ल्याएका थिए भने नेकपा एमालेका उम्मेदवार टेक बमले १३ हजार १ सय २८ मत प्राप्त गरेका छन् । ओली नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टका मुख्य स्वकीय सचिव रहेका ओलीले अन्तिम चरणमा भट्टलाई हटाउँदै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा उठेका थिए ।


७ मंसिर २०७९, बुधवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु