प्रतिनिधि सभा : समानुपातिकतर्फ एमालेको अग्रता‚ कुन दलको कति ?
प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) शीर्षस्थान र नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ।
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार‚ एमालेले ६७ हजार ८४४ मत प्राप्त गरेको छ। यस्तै‚ ५८ हजार ८७१ मत प्राप्त गर्दै काग्रेस दोस्रो स्थानमा रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ६३५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ। नेकपा (माओवादी केन्द्र) २६ हजार ६३३ मत सहित चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टीको १६ हजार १८७ मतका साथ पाँचौं स्थानमा छ।
नेकपा (एमाले) ६७८४४
नेपाली कांग्रेस ५८८७१
राष्ट्रिय स्वतन्त्र पार्टी २९६३५
नेकपा (माओवादी केन्द्र) २६६३३
राष्ट्रिय प्रजातन्त्र पार्टी १६१८७
जनता समाजवादी पार्टी ५३०२
जनमत पार्टी ५२०४
नेपाल मजदुर किसान पार्टी ४१५९
नेकपा (एकीकृत समाजवादी) २९०६
नागरिक उन्मुक्ति पार्टी २८५९
अन्य १३४२३
६ मंसिर २०७९, मंगलवार ११:२४ बजे प्रकाशित































