punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका पत्रकार समीर भट्ट सम्मानित

Chaupati
safha napa

रेडियो धनगढी र धनगढी खबर डटकमका समाचार संयोजक समीर प्रशाद भट्ट सम्मानित भएका छन् । सोमबार धनगढीमा सबैका लागी पढाई कार्यक्रमको सेवा अवधि सकिएको जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले पत्रकार भट्टलाई सम्मान गरेको हो ।

सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपाल सुदूरपश्चिमले अपाङ्गता भएका नागरिकहरूको आवाजलाई सरकारको नीति निर्माण तह सम्म पुर्‍याउन अहम् भूमिका खेलेको भन्दै पत्रकार भट्टलाई सम्मान गरेको जनाएको छ ।

सोमबार धनगढीमा सबैका लागि पढाई कार्यक्रम समापन बैठकका प्रमुख अतिथि राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम अध्यक्ष मान बहादुर साउँदले पत्रकार भट्टलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए ।

ूअपाङ्गता भएका व्यक्तिहरूको सामाजिक समायोजन, समावेशी शिक्षा, सशक्तीकरण र अपाङ्गता भएका नागरिकहरूको आवाजलाई सरकारको नीति निर्माण तह सम्म पुयाउन खेल्नु भएको अहम् भूमिकाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि सञ्चारमा अपाङ्गता मूल प्रवाहीकरण गर्न यहाँको अतुलनीय योगदान रहने विश्वासका साथ यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै स(धन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ, सम्मान–पत्रमा उल्लेख छ ।

पत्रकार भट्ट सोधपत्र डटकमका प्रकाशक समेत हुन् । भने सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले यस अगाडि पनि विभिन्न पत्रकारहरूलाई सम्मानित गरिसकेको छ ।

यस्तै, उक्त कार्यक्रममा युएसएआइडीको आर्थिक सहयोग र ह्याण्डिीक्याप ईन्टरनेशनलको सहकार्यमा सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालले कैलालीका सबै स्थिानीय तहमा ४ वर्ष सम्म सञ्चालनमा रहेको सबैका लागी पढाई कार्यक्रमको सेवा अवधि समाप्त भएको जानकारी समेत गराईएको छ ।

सबैका लागी पढाई कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालीकाका हक अधिकार संगै कार्यगत सिमितताको प्रारम्भिक पहिचान, प्रारम्भिक पढाई मुल्याङ्कन, वैयक्तिक शैक्षिणिक योजना लगागतका क्षेत्रमा काम गर्दै आईरहेको थियो ।

 


१४ कात्तिक २०७९, सोमवार २२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु