डडेल्धुरा घर भएका डीएसपी मल्लको निधन
सुदूरपश्चिमको डडेल्धुरा घर भएका प्रहरी नायब उपरिक्षक ईन्द्र मल्लको निधन भएको छ।
काठमाडौँ प्रहरी गण नम्बर–२ मा कार्यरत डिएसपी मल्लको निधन भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए।
यस अघि उनी जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत रहेका थिए।
१२ कात्तिक २०७९, शनिवार ११:४८ बजे प्रकाशित






























