एमालेको चुनावको घोषणापत्र तिहारपछि
नेकपा एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्र तिहारपछि मात्रै आउने भएको छ ।
एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययनका क्रममा छन् । ‘धेरै सुझावहरु आएका छन्, प्राप्त सुझावहरुको अध्ययन हुँदैछ ।
सुझावहरु समेतलाई समेटेर अन्तिम रुप दिन केही दिन लाग्ने भएकाले तिहार लगत्तै सार्वजनिक गर्ने तयारी गरिएको हो’ अधिकारीले भने ।
६ कात्तिक २०७९, आइतवार १९:५६ बजे प्रकाशित































