punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजनीतिमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड

Chaupati
safha napa

राजनीतिमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ । धनगढीमा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले राजनीतिमा महिलाको सहभागिता बढाउनुपर्ने बताएका हुन् ।
यस्तै उनीहरूले नेतृत्वदायी तहमा महिलाको अझै पनि समान सहभागिता हुन नसकेको गुनासो गरेका छन् । दलित महिला अधिकार मञ्चको आयोजनामा भएको राजनीतिमा महिलाको सहभागिता अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।
अझै पनि राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता नभएको धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला रानाले बताइन् ।

सङ्ख्यात्मक रूपमा केही महिलाको सहभागिता बढेको देखिए पनि अझै पनि नेतृत्व तहमा महिलाको सहभागिता न्यून रहेको उनले बताइन् । महिला दिदी बहिनीले राजनीति नै गर्नुपर्छ किन भने नियम कानुन बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ उप प्रमुख रानाले भनिन् । आत्तिएर हुँदैन तर साहस गरेर लाग्यौ भने अवश्य पनि सफलता मिल्ने उनले बताइन् । राजनीति गर्नलाई महिलालाई आर्थिक समस्या पनि भएका हुँदा उनीहरू बाहिर आएर नेतृत्वदायी पदका लागि लड्न पछि हट्ने उनले बताइन् । यसमा महिला स्वयम्ले पन आर्थिक पाटो बलियो बनाउन लाग्नुपर्ने उनको बुझाइ छ ।

यस्तै कार्यक्रममा सहभागी धनगढी उपमहानगरपालिका ५ का वडा सदस्य माया ताम्राकारले यस क्षेत्रमा प्रवेश गरेपछि क्षमता अभिवृद्धि भएको बताइन् । यस्तै गरी अन्य महिलहरुले पनि अवसर पाउनुपर्ने उनले बताइन् । त्यस्तै नेकपा एककिकृत समाजवादी प्रदेश समानुपातिक उम्मेदवार रोजी बस्नेतले कसैले पनि पार्टी भनेर छुट्याउन नहुने बताइन् । उनले हामीले जुन सुकै पार्टीमा आबद्ध भएपनि तर सक्षम महिलालाई अगाडी बढाउन आफ्नो भूमिका खेल्नुपर्ने बताइन् ।

दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले महिलालाई राजनीतिमा अवसरसंगै चुनौती पनि रहेको बताइन् । महिलाहरू यस क्षेत्रमा आउन खोज्दा उनीहरूलाई आर्थीक समस्या पनि रहने बताइन् । विभिन्न समस्या र चुनौती भएपनि आफूले पछि हट्न नहुने उनको भनाई थियो । कार्यक्रमको सहजीकरण अध्यक्ष घिमिरेले गरेकी हुन् । दलित महिला अधिकार मञ्च धनगढीले आयोजना गरेको कार्यक्रममा विभिन्न स्थानीय तहका वडा सदस्य, जनप्रतिनिधि, राजनीति दलसँग आबद्ध महिला तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।


६ कात्तिक २०७९, आइतवार १९:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु