बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा न ५ गलेकोटका अन्दाजी ५० वर्षीय कवि आग्रीको आज भिरबाट लडेर मृत्यु भएको हो ।
आग्री आइतबार बिहान गाउँ नजिकैको चम्लाका जिउलाको भिरबाट लडेर गम्भीर घाइते भएको बताइएको छ ।
स्थानीयहरूले घाइते अवस्थामा भेटेपछि उनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बझाङले जनाएको छ ।
६ कात्तिक २०७९, आइतवार २०:१२ बजे प्रकाशित































