punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा ट्र्याक्टर दुर्घटना, चालकसहित २ जनाको मृत्यु, २ घाइते

Chaupati
safha napa

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । सदरमुकाम खलंगाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्र्याक्टर शनिबार दुर्घटना भएको हो । ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।

ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

 


६ कात्तिक २०७९, आइतवार ०८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु