punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

Chaupati
safha napa

सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ। जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका-१ बालुवाटार (सुङ्गाल्ना) नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो।

पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्क बिच्छेद भएको छ। शनिबार बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका यात्रुबाहक बस, मालबाहक ट्रक र जीपहरु रोकिएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन गरि सडक खुलाउने अधिकारी अर्‍यालको भनाई छ।


२९ असोज २०७९, शनिवार ११:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु