punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीपलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

Chaupati
safha napa

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको हो । अनुसन्धानको लागि लिइएको म्याद पर्सि २७ गते सकिदैछ ।

चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराएको हो ।

सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो। पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।


२४ असोज २०७९, सोमवार ११:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु