punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेलधुरा, कैलाली र कञ्चनपुरमा बिहानदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह

Chaupati
safha napa

काठमाण्डौ- सुदूरपश्चिमका तीन वटा जिल्लामा भारी वर्षा भइरहेको छ । डडेलधुरा, कैलाली र कञ्चनपुरका धेरैजसो ठाउँमा गएरातिदेखि नै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो १२ बजेसम्म नै ठूलो पानी नरोकिने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधर, रङ्गुन र पन्टुरा लगायतका खोला, खहरे र ठूला नदीमा पनि आकस्मिक रुपमा ठूलो बाढी आउन सक्ने भएकाले दिउँसोसम्म नै चनाखो रहन शाखाले आग्रह गरेको हो ।

लगातार ठूलो पानी परेका होँचा ठाउँका मानिसलाई अग्लो ठाउँमा जान सुझाव दिइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा आज दिउँसो र राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ । भोलि रातिदेखि भने मौसम खुल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य क्षेत्रमा भने मौसम खुलिसकेको छ । तर दिउँसो र बेलुकीपख भने सामान्य पानी पर्ने सम्भावना छ ।

यसैबीच, आउँदो शनिवार वा आइतवारदेखि नेपालबाट मनसुन बाहिरिने भएको छ । नेपालमा मनसुन बाहिरिने औसत समय अक्टोबर २ तारिख अर्थात अघिल्लो हप्ता नै भए पनि यो वर्ष दुई हप्ता ढिलो गरेर मनसुन बाहिरिने मौसमविद् वरुण पौडेलले जानकारी दिए। तर मनसुन रहे पनि पर्सि मङ्गलवारदेखि नै देशभरको मौसम सुधार हुने उनले बताए।


२३ असोज २०७९, आइतवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु