कर्णाली र महाकालीमा सतर्कता अपनाउन आग्रह
आज शनिवार कर्णालीमा पानीको बहाव सतर्कता आसपास हुने, महाकालीमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज शनिवार र भोलि आइतवार कर्णाली, महाकाली र यसका सहायक नदीलगायत कर्णाली र सुदूरपश्चिम भइ बग्ने साना नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
विशेषगरी कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, अछाम, बाजुरा र बझाङसहित आसपासका जिल्लामा जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

२२ असोज २०७९, शनिवार ११:२५ बजे प्रकाशित













