कैलालीमा कुन राजनीतिक दलले कुन समयमा उम्मेदवारी दर्ता गर्दैछन् ? (तालिकासहित)

मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कैलालीका सबै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापनासँगै उम्मेदवारी दर्ताको तयारी पनि गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार धनगढीमा आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय छलफल कार्यक्रममार्फत असोज २३ गते हुने उम्मेदवारी दर्ताको समय तालिका निर्धारण समेत गरेको छ ।

मुख्य निर्वाचन अधिकृत ओमप्रकाश आर्यालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राजनीतिक दलहरूले समय तालिका अनुसार उम्मेदवारी दर्ता गर्ने भएका छन् । बैठकको निर्णयअनुसार १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने बताइएको छ ।


२१ असोज २०७९, शुक्रवार १४:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु