punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

Chaupati
safha napa

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक एवम् प्रवक्ता बलराम श्रेष्ठले  दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, १ जना चुरेहिल अस्पताल तथा एक जनाको मकवानपुर सहकारी अस्पतालमा ज्यान गएको हो ।

घाइतेहरु मध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक रहेको छ । मृतकमध्ये ५ जना महिला रहेको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट बिरगंजतर्फ जादै गतेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रीत भएर सडकबाट करिब सय मिटर तलखस्दा भएको दुर्घटना भएको प्रहरीको भनाइ छ ।

 


२० असोज २०७९, बिहीवार १३:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु