काठमाडौं १ बाट राप्रपाको उम्मेदवार बन्ने रवीन्द्र मिश्रको औपचारिक घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । आज आयोजित कार्यक्रममा उनले पार्टीको सहमति लिएर आफूले उम्मेदवारी तय गरेको बताए ।
दुई दिनअघि मात्रै वरिष्ठ उपाध्यक्ष भएर राप्रपा प्रवेश गरेका मिश्रले पहिल्यैबाट यस क्षेत्रमा लड्ने तयारी गरेका थिए । राप्रपा नेतृत्वले पनि सहमति जनाएपछि उनले आज औपचारिक घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा बोल्दै उनले आफूलाई जनताले संसद भवन पठाएमा गर्व गर्न सक्ने सशक्त भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।
१४ असोज २०७९, शुक्रवार १४:१३ बजे प्रकाशित






























