punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको ब्रह्मदेवमा नेपाली व्यापारीलाई एसएसबीको अवरोध, छाप्रा राख्नै दिएनन्

Chaupati
safha napa

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई व्यापारका लागि छाप्रा राख्दा अवरोध गरेको छ। भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित स्थानीयले व्यापारका लागि छाप्रा राख्न खोज्दा एसएसबीले अवरोध गरेको स्थानीयले बताएका छन्।

सोमबारदेखि नवरात्र सुरु भएसंगै ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिरमा भक्तजनहरुको घुँइचो लाग्ने हुनाले प्रत्येक वर्ष नेपालीले त्यहाँ फड (खटिया राख्ने सानो पसल) लगाउने गर्दछन्। ब्रह्मदेवमा यही विषयमा हरेक वर्ष एसएसबीले आफ्नो भूमि दाबी गर्दै नेपालीलाई छाप्रा राख्न अवरोध गर्दै आएको छ।ब्रह्मदेवमा छाप्रा थाप्न स्थानीयले राखेको खटियासमेत एसएसबीले नियन्त्रणमा लिएको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष गगनसिंह कार्कीले बताए।

‘यहाँ हरेक वर्ष विवाद हुन्छ, यस वर्ष पनि एसएसबीले फड नलगाउन दिएको स्थानीयले गुनासो गरेका छन्,’ उनले भने, ‘एउटा खटिया पनि एसएसबीले नियन्त्रणमा लिएका छन् ।’त्यस क्षेत्रमा भारतीय पक्षले नेपाललाई सडक बनाउनसमेत नदिएको उनले बताएका छन्।

‘सडक कालोपत्रे, ग्राभेलिङ्ग गर्न नगरपालिकाले ठेक्का गरेको थियो, तर भारतीय पक्षले गर्न दिएको छैन,’ वडाध्यक्ष कार्कीले भने।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले यस विषयमा भारतीय प्रशासनसँग सम्पर्क गरिसकेको बताए।भारतीय प्रशासनले विगतका वर्ष जसरी नेपालीलाई व्यापारका लागि सहजीकरण गर्न एसएसबीलाई निर्देशन दिने प्रतिवद्धता जनाएको उनले बताए।


१० असोज २०७९, सोमवार १८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु