punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

Chaupati
safha napa

नेपालमा २५ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडि० को तथ्याङ्क अनुसार नेपालमा २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ भने ३२ जनाको मृत्यु भएको छ ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा १९ हजार ९१० जनामा भएको छ । यस्तै, लुम्बिनीमा दुई हजार ८८७, प्रदेश १ मा ७७५, सुदूरपश्चिममा ८०४, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३८० र कर्णाली प्रदेशमा २३१ जनामा डेंगु पुष्टि भएको छ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी काठमाडौंमा आठ हजार ८९६, ललिपुरमा छ हजार ३५, मकवानपुरमा दुई हजार २७५, दाङमा एक हजार २७८, भक्तपुरमा एक हजार ५८, रुपन्देहीमा ७२५, चितवनमा ६०१, धादिङमा ४४९, गुल्मीमा २९८, कैलालीमा २९८ गरी १० जिल्लामा सबैभन्दा बढी २१ हजार ९१४ जनामा डेंगु पुष्टि भएको छ ।

ईडिसिडिले डेंगुको सङ्क्रमण कात्तिकसम्म बढ्ने सक्ने आकलन गरेको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।


१० असोज २०७९, सोमवार १४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु