कैलालीमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु
कैलालीमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । आज बिहान गोदावरी धाम नजिकै ग १ ज ६८५५ नम्बरको जीपको ठक्करबाट गोदावरी नगरपालिका –१ भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
जीप चालक बाजुराको बडीमालिका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश बडुवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
१० असोज २०७९, सोमवार १३:४६ बजे प्रकाशित































