तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढीको सम्भावना, सुदूरपश्चिमका केही जिल्ला उच्च जोखिममा
अबको तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । नदी तटीय क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
महाशाखाका अनुसार गुल्मी, प्युठान, बाग्लुङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीमा उच्च जोखिम छ ।


३० भदौ २०७९, बिहीवार ०९:१५ बजे प्रकाशित































