punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली क्षेत्र नम्बर ५ ‘क’ बाट डा.आरजु राणा देउवा सर्बसम्मत सिफारिस

Chaupati
safha napa

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनकोलागि प्रत्यक्ष र समानुपातिक तर्फका उमेद्धारको नाम सिफारिस गरेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ क्षेत्रीय समितिको बैठकले कैलाली क्षेत्र नम्बर ५ मा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।

जसमा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवालाई सर्बसम्मत रूपमा सङ्घीय सांसदको लागि सिफारिस गरेको छ । त्यस्तै समानुपातिक तर्फ सङ्घीय सांसदमा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य जीवन रानालाई सर्वसम्मत सिफारिस गरेको छ ।
बुधबार नेपाली काँग्रेस कैलाली धनगढी पार्टी कार्यालयमा बसेको बैठकले प्रदेशको प्रत्यक्ष र समानुपातिक तर्फ २६ जनाको नाम उपल्लो समितिमा सिफारिस गर्ने निर्णय गरेको कैलाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले जानकारी दिए ।

बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेश बहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभात कुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् ।
२०७४ सालको चुनावमा आरजु राणा एमालेका नारदमुनि रानासँग भारी मतान्तरले पराजित भएकी थिइन् । राणा यस अघि पनि यहि क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा एमाले उम्मेदवार रानासँग पाँच हजार बढी मतान्तरले पराजित भएकी राणा फेरी रानासँगै चुनावी मैदानमा उत्रिने भएकी हुन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।


१६ भदौ २०७९, बिहीवार १०:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु