सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको बिदा कटौती
सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसर दिइदै आएको सार्वजनिक विदा यस वर्ष कटौती भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वमा दिइदै आएको सार्वजनिक विदा यस वर्ष कटौती गरेको हो ।
भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले विदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि विदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो । तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको विदा कटौती गरिएको उल्लेख गरेको छ ।
यस्तै भदौ १२ गते थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइसकिएकाले १९ गतेका लागि राजपत्रमा उल्लेख भएको बिदा समेत कटौती गरिएको जनाइएको छ ।

१६ भदौ २०७९, बिहीवार १०:२२ बजे प्रकाशित






























