punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सलमान खानलाई बन्दुक बोक्ने अनुमति

Chaupati
safha napa

मुम्बई- ज्यान मार्ने धम्कीपछि बलिउड अभिनेता सलमान खानले हतियार राख्ने अनुमति पाएका छन्। केही समयअघि अभिनेता खानलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीमा निवेदन दिएका थिए। त्यसलगत्तै उनको सुरक्षा प्रबन्ध कसिलो बनाइएको थियो।

सलमानले बन्दुक राख्ने इजाजतका लागि निवेदन दिइएको र त्यस सम्बन्धमा मुम्बई प्रहरी प्रमुख विवेक फणसालकरसँग छलफलसमेत भएको बलिउड हंगामाले जनाएको छ।

प्रहरीले सलमानमाथिको थ्रेटुलाई अनुसन्धान गर्दा तथ्यसहितको प्रमाण भेटिएपछि प्रशासनले उनलाई बन्दुक बोक्ने इजाजत दिएको हो। सलमानले आफ्नो निजी गाडीलाई पनि बुलेट प्रुफ बनाएको छ।

लारेन्स बिश्नोई समूहले सलमानलाई ज्यान मार्ने धम्की दिएको प्रहरीले निष्कर्ष निकालेको छ। केही समयअघि पञ्जाबका गायक सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको थियो।


१७ साउन २०७९, मंगलवार ०९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु