punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज नाग पञ्चमी : पूजाआजा गरी ढोकामाथि नागको चित्र टाँसेर मनाइँदै

Chaupati
safha napa

श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।

नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । यसरी विभिन्न नागको चित्र घरमा टाँस्नाले चट्याङ्गले नहान्ने, आगो तथा सर्पको भय नहुने धार्मिक आस्था तथा विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनदेखि वर्षायाम समाप्त भइ हिउँद सुरु भएको समेत मानिन्छ।

ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नुपर्दैन । कुनै पनि घर तथा भवन निर्माण गर्दा भूमिमा नाग देवताको बास भए विधिवत् रुपमा पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ। आजको दिन काठमाण्डौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरिका नागदह तथा कुण्डमा विशेष पूजा हुनेगर्छ।

यसैबीच, मिथिलामा आज ‘लगपाँच’ पर्व मनाइँदैछ। नाग प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दु मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ। मिथिलामा घरमूली गृहिणीले ‘लगपाँच’ का दिन बिहानै स्नान गरेर भित्तामा नागचित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा (भुटेको धान, जुनेलो) चढाउँछन्। ‘लगपाँच’ लगत्तै राखि अर्थात रक्षाबन्धन, कुशेऔँशी, चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दशैँरतिहार र छठ पर्व आउने हुँदा यो पर्वलाई पूर्वसूचना मान्ने गरिएको छ।


१७ साउन २०७९, मंगलवार ०९:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु