१७ करोडमा बनेको रासस भवन प्रधानमन्त्री देउवाले गरे उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ । प्रधानमन्त्री देउवाले रासस केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा ताम्रपत्र अनावरण एवं रिबन काटेर भवन उद्घाटन गरेका हुन् ।

विसं २०७२ को विनासकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाख १५२ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । प्रधानमन्त्री देउवालाई रासस परिसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईलगायतले स्वागत गरेका थिए ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, शहरी विकासमन्त्री मेटमणि चौधरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलगायत सहभागी थिए ।

प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ रासस भवनमा ५४ कोठा छन् ।


११ साउन २०७९, बुधवार १२:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु