punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीमतीको घाँटी रेटी हत्या गरि श्रीमानले गरे आत्महत्या

Chaupati
safha napa

चितवनमा श्रीमतीको हत्या गरि श्रीमानलेआत्महत्या गरेका छन्। जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोकमा ३५ वर्षीया रुस्मा आचार्यका श्रीमान ४३ वर्षका कृष्णप्रसादले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राति १० बजे घरमा बसेर मोबाइल हेरिरहेको समयमा पछाडिबाट धारिलो हतियार प्रहार कृष्णप्रसादले रुस्माको हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या लगत्तै घरको छतबाट श्रीमान् कृष्णप्रसादले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

हाम फालेपछि कृष्णप्रसादलाई अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ। लामो समय विदेश बसेर कृष्णप्रसाद हालै स्वदेश फर्किएका जनाइएको छ।


९ साउन २०७९, सोमवार ०८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु