punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका लागि उडिरहेको बुद्व एयरको जहाजभित्रै यात्रुले चुरोट तानेपछि…

Chaupati
safha napa

काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका छन्। बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा कैलालीको टीकापुर घर भएका नारायण उपाध्याय यात्रुले चुरोट तानेपछि हंगामा भएको छ ।

उडान नम्बर २५३ मार्फत सिट नम्बर ११ ए मा सवार उपाध्याय जहाजको शौचालय गएर चुरोट तान्दै सिटमा आएर बसेपछि जहाज भित्रै कोलाहल मच्चिएको थियो । जहाजमा चुरोटको धुँवा देखिएपछि यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेका थिए ।

त्यसपछि त्यहाँ एकछिन त्यहाँ तनाव सृजना भएको थियो। जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने उपाध्यायलाई धनगढीस्थित विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ।


२९ असार २०७९, बुधवार १८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु