punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम: चार प्रदेशमा भारी वर्षाको सम्भावना

Chaupati
safha napa

जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको जनाएको छ। प्रदेश १ मा पनि केही बेरमै वर्षा हुनसक्ने देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

दिउँसो पनि देशभर नै सामान्य बदली रहने छ। प्रदेश १, र बागमती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने यी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

चार प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेगरान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।राति पनि देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव छ।


२९ असार २०७९, बुधवार ०८:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु