अछाममा जडीबुटी खाएका एक जनाको मृत्यु, एक घाइते
अछाममा जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ । अपरिचित व्यक्तिले दिएको जडीबुटी खाँदा चौरपाटी गाउँपालिका–४ पायलका ४२ वर्षीय गणेश खत्रीको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।
यसैगरी, खत्रीसंगै जडीबुटी खाएका साँफेबगर नगरपालिका–७ का वडा सदस्य २९ वर्षीय किशोर भाट घाइते भएका छन् । बयलपाटा अस्पतालमा उनको उपचार भइरहेको छ ।
मृतकका दाजु दीपकका अनुसार दुवै जनाले आइतबार दिउँसोतिर साँफेबगरमा नचिनेको जडिबुटी खाएका थिए । ‘निगुरोको डाँठ जस्तो तेलमा तारेको कुन जडिबुटी हो, पोलथिनमा केही भेटिएको छ’, मृतकका दाजुले भने । उक्त जडीबुटी खाएपछि शरीरको तापक्रम निकै बढेको बताइएको छ ।
बयलपाटा अस्पताल पु¥याएको एकैछिनमा गणेशको मृत्यु भएको मृतकका बताइएको छ । जडीबुटी दिने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२७ असार २०७९, सोमवार ०९:२९ बजे प्रकाशित












