punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोल्पामा पर्खाल भत्किँदा मजदुरको मृत्यु

Chaupati
safha napa

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका ३ मा पर्खाल भत्केर एक मजदुरको मृत्यु भएको छ ।

स्थानीय टसी तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षाका कारण भत्किँदा घरमा मजदुरी गर्ने जाजरकोट नलगाड नगरपालिका-७ घर भएका ३१ वर्षीय भरत बिकको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङको टोली घटनास्थल पुगेको थियो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१९ असार २०७९, आइतवार १३:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु