punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भालुको पित्तसहित दुईजना पक्राउ

Chaupati
safha napa

काठमाडौंको जोरपाटीबाट भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची, पाणिनी गाउँपालिका–२ का ५३ वर्षीय हरिओम रसाइली र रुपन्देही बुटवल उप महानगरपालिका–३ का ३२ वर्षीय भजिन्द्र दर्जी छन् ।

उनीहरूको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त दुई थान बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

सीआईबीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाइएको छ ।


१९ असार २०७९, आइतवार १३:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु