punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने

Chaupati
safha napa

काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी दिने तयारी गरेकी छन्। उनले आफू अब हुने संघीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुने घोषणा गरेकी छन्।

‘संघीय चुनावमा मेरो उम्मेदवारी दिनेबारे तपाईंहरूले थाहा पाइसक्नुभएको छ। आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुन प्रतिस्पर्धामा उत्रिने जानकारी दिन चाहन्छु,’ उनले भनेकी छन्।

दर्शनाले विवेकशील साझा पार्टी छाडेकी थिइन्। उनी अब स्वतन्त्र ढंगबाट चुनाव उठ्ने तयारीमा छिन्। ०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौंको मेयर उठेकी थिइन्, नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन्।

उनले त्यसबेला २३ हजार ४३९ मत ल्याएकी थिइन्। उनी यसपालिको स्थानीय तह चुनावमा भने उठेकी थिइनन्। ०७४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए।

त्यसबेला यो क्षेत्रमा विवेकशील साझाबाट तत्कालीन अध्यक्ष उज्ज्वल थापा उठेका थिए। थापाले छ हजार आठ सय ५३ मत ल्याएका थिए।


१९ असार २०७९, आइतवार ०८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु