punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवासहित प्रचण्ड र नेपाल आज निजगढ जाँदै

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तासाझेदार दलका प्रमुख नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार बाराको निजगढ जाने भएका छन्।

प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन गर्न शीर्ष नेता त्यहाँ जान लागेका हुन्। प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच शुक्रबार भएको भेटमा स्थलगत अवलोकनमा जाने कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ।

निजगढ विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया खारेज गर्न आदेश दिएको सर्वोच्च अदालतले बिहीबार पूर्णपाठ दिएको छ। त्यसमा वातावरणीय क्षति न्युन हुने गरी उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारलाई सुझाब दिइएको छ। त्यसैले शीर्ष नेता निजगढ जान लागेका हुन्।


१८ असार २०७९, शनिवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु