punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चपुरकी एक महिलाले जन्माइन् तिम्ल्याहा शिशु

Chaupati
safha napa

धनगढीको माया मेट्रो अस्पतालमा कञ्चपुरकी एक महिलाले तिम्ल्याहा बच्चा जन्माएकी छन्। कृष्णपुर नगरपालिका–२ बाणिकी २४ वर्षीया गौमती कुँवरले बिहीबार राति ११ बजे दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार आमा र बच्चा स्वस्थ छन्।

गर्भवती भएको सात महिनामै गौमतीले शल्यक्रियामार्फत तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्। जन्मेका शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको छ।

तिम्ल्याहा बच्चालाई जन्म दिने गौमतीलाई र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिनेको लर्को लागेको छ।


१७ असार २०७९, शुक्रवार २१:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु